२०८३ भाद्र ४ गते , विहीबार

३५ बर्षपछि आज राष्ट्रपतिको निर्वाचन हुँदै

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र ४ गते , विहीबार
३५ बर्षपछि आज राष्ट्रपतिको निर्वाचन हुँदै

झापा बंगलादेशमा ३५ वर्षको लामो अन्तरालपछि आज राष्ट्रपति निर्वाचन हुँदैछ स्थानीय समय अनुसार संसदमा दिउँसो बजेदेखि साँझ बजेसम्म मतदान हुनेछ

निर्वाचनमा सत्तारूढ दलका सांसद तथा बीएनपी नेता मिर्जा फखरुल इस्लाम आलमगीर ११ दलको विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल ओली अहमदबीच प्रतिस्पर्धा हुँदैछ

यसै वर्ष १२ फेब्रुअरीमा भएको आम निर्वाचनबाट बीएनपी सत्तामा फर्किएको थियो संसदमा बीएनपीको दुई तिहाइ भन्दा बढी बहमुत त्यसैले मिर्जा फखरुल इस्लाम आलमगीरको जित सुनिश्चित मानिएको

उनी पेशाले अर्थशास्त्री हुन् सन् १९९० को दशकमा उनी बीएनपीको राजनीतिमा आबद्ध भएका थिए उनी पहिले कृषि राज्यमन्त्री स्थानीय मन्त्री समेत बनेका थिए

मतगणना लाइभ प्रसारण हुने, विजेताको शपथ भोलि नै

राष्ट्रपति निर्वाचनमा ३४९ सांसद सहभागी हुनेछन् राष्ट्रपति निर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण हुनेछ

नवनिर्वाचित राष्ट्रपतिले भोलि शुक्रबार साँझ नै बंगभवनको दरबार हलमा नयाँ राष्ट्रपतिको रूपमा शपथ लिनेछन्

अपदस्थ प्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मोहम्मद शहाबुद्दिनले स्वास्थ्य कारण देखाउँदै आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्नुअघि नै गत महिना राजीनामा दिएपछि नयाँ राष्ट्रपति चुन्न निर्वाचन हुन लागेको हो

बंगलादेशमा हाल सभामुख हाफिज उद्दीन अहमद कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा छन्

बंगलादेशको संविधान अनुसार पदरिक्त भएको ९० दिनभित्र राष्ट्रपति निर्वाचन गराउनुपर्छ

सम्बन्धित समाचार