नेकपाले टुंग्यायो मन्त्रीको नाम
झापा । नेकपाले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयको नाम फाइनल गरेको छ । नेकपाले पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको हो ।
नेकपाको कोशी प्रदेश कार्यालय र संसदीय दल नेतृत्वबीचको छलफलले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।
सरकारको नेतृत्व इलामकी खिनु लङ्वा लिम्बूले गर्ने भएकी छन् । उनले पर्यटन वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछिन् । यस्तै, मोरङका जीवन आचार्य भौतिक पूर्वाकार विकास, सोलुखुम्बुका गोम्बू शेर्पा आन्तरिक मामिला तथा कानु र मोरङकी गीता तिम्सिना सामाजिक विकास मन्त्री बन्नेछिन् । यस्तै, सुनसरीकी सपना दर्जी राज्यमन्त्री बन्नेछिन् ।
लिम्बू अघिल्लो कार्यकालमा पर्यटन वन तथा वातावरण मन्त्री बनेकी थिइन् । यस्तै, आचार्यले कोशी सरकारमै यसअघि आर्थिक मामिला तथा योजना मन्त्रालय र पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
शेर्पा भने पहिलो पटक मन्त्री बन्न लागेका हुन् । उनी कोशी सरकारमा मन्त्री बन्ने शेर्पा समुदायको पहिलो व्यक्ति हुनेछन् ।
मन्त्रीहरुको सपथ ४ बजे प्रदेश प्रमुखको कार्यालयमा हुनेछ ।