२०८३ असार १५ गते , सोमबार

आज पशुपतिनाथमा बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष प्रदर्शन गरिने

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २६ गते , मंगलबार
आज पशुपतिनाथमा बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष प्रदर्शन गरिने

काठमाण्डौ पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष दाहिने शंख मङ्गलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको

मङ्गलबार बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष दाहिने शंख देखाउने तयारी गरिएको हो पशुपतिनाथको पश्चिमढोकाअघि यी बहुमूल्य सामग्री देखाइने

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष दाहिने शंख सर्वसाधारणलाई देखाउने गरिन्छ

यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए

यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष दाहिने शंख सुरक्षित भनी प्रदर्शन गरिएको थियो मङ्गलबार भने अब अर्को वर्षलाई यी सामग्री सुरक्षितसाथ राखिन्छ भनी देखाउन लागिएको कोषले जनाएको

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष दाहिने शंखलाई मार्गशीर्ष कृष्ण औँसीका दिन मङ्गलबार भण्डारको तेस्रो तलामा राख्ने कार्यक्रम राख्नुअघि अर्थात् बिहान १० बजे अगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित भनी यी सामग्री देखाइँदै

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष दाहिने शंख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा बुझाउने गरिन्छ भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ

सम्बन्धित समाचार