२०८३ असार १६ गते , मंगलबार

गृहमन्त्रीको अमलेटमा माछाको काँडा भेटिएपछि देशभरका होटलमा गृहको कडाई

sajilo news
परिवेश मिडिया
२०८३ असार १६ गते , मंगलबार
गृहमन्त्रीको अमलेटमा माछाको काँडा भेटिएपछि देशभरका होटलमा गृहको कडाई

झापा गृह मन्त्रालयले देशभरका होटल तथा रेस्टुरेन्टहरूको खानाको गुणस्तर सुधार गर्न नागरिकका गुनासाहरू जिल्ला तहबाटै तत्काल सम्बोधन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष निर्देशन जारी गरेको

मन्त्रालयले आइतबार (असार १५ गते) सबै प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गर्दै बजार अनुगमन प्रशासनिक जबाफदेहितामा कडाइ गर्न निर्देशन दिएको हो

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा भाग लिन चितवन गएका गृहमन्त्री सुधन गुरुङको अमलेटमा माछाको काँडा भेटिएपछि देशभरका होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर स्वच्छता निकै कमजोर रहेको भन्दै गृह मन्त्रालयले यस्तो कदम चालेको हो

मन्त्रालयले होटल तथा रेस्टुरेन्टहरूले प्रदान गर्ने खानाको स्वच्छता गुणस्तर सम्बन्धमा नियमित, सघन आकस्मिक अनुगमन गर्न निर्देशन दिएको

अनुगमनलाई केवल प्रक्रियामा मात्र सीमित नराखी परिणाममुखी बनाउन नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पुर्याउने वा कानुन उल्लङ्घन गर्ने पक्षलाई हदैसम्मको कडा कारबाही गर्न भनिएको

आम नागरिकका गुनासाहरू सहजै दर्ता गर्न तिनको तत्काल समाधान गर्न प्रत्येक जिल्ला प्रशासन कार्यालयमा हटलाइन वा द्रुत सेवा डेस्क स्थापना गर्न निर्देशन दिइएको नागरिक स्तरबाट प्राप्त हुने प्रत्येक गुनासोलाई उच्च प्राथमिकतामा राखी तत्काल समाधान खोज्न मन्त्रालयले स्पष्ट पारेको छ।

सानातिना विषय स्थानीयस्तरका समस्या समाधानका लागि पनि नागरिकहरू केन्द्र वा मन्त्रालयसम्म धाउनुपर्ने स्थितिको पूर्ण रूपमा अन्त्य गर्न सिडिओहरूलाई निर्देशन दिइएको स्थानीयस्तरका गुनासा समस्याहरू जिल्ला प्रशासन कार्यालयकै नेतृत्वमा समाधान हुनुपर्छ, सर्कुलरमा भनिएको

मन्त्रालयले जिल्लाको कार्यसम्पादनलाई प्रत्यक्ष सुपरीवेक्षण गर्ने जनाएको कार्यसम्पादनका क्रममा कुनै पनि किसिमको अक्षमता वा उदासीनता प्रस्तुत नगर्न मन्त्रालयले सचेत गराएको विधिको शासन कायम गर्न नागरिक केन्द्रित शासनको साख जोगाउन स्थानीय प्रशासनले पूर्ण व्यावसायिकता देखाउनुपर्ने मन्त्रालयको अपेक्षा

गृह मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाद्वारा हस्ताक्षरित यो सर्कुलर गृहमन्त्री सुधन गुरुङको निर्देशानुसार जारी गरिएको हो

 

सम्बन्धित समाचार