२०८३ असार १३ गते , शनिबार

पर्यटन पत्रकार मञ्च झापाको अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे

sajilo news
परिवेश मिडिया
२०८३ असार १३ गते , शनिबार
पर्यटन पत्रकार मञ्च झापाको अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे

झापा । पर्यटन पत्रकार मञ्च झापाको प्रथम साधारणसभा तथा पहिलो अधिवेशनबाट सम्पन्न भएको छ । शनिबार झापाको वृतावणमा सम्पन्न अधिवेशनबाट कमलप्रसाद पाण्डे (विनोद)को नेतृत्वमा कार्यसमिति घोषणा भएको छ ।
अधिवेशनबाट पुष्प बराल उपाध्यक्ष, हिमाल खरेल सचिव, तिलक तामाङ सहसचिव र चन्द्रप्रसाद बानियाँ कोषाध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा प्रेमकुमार आचार्य, विष्णु श्रेष्ठ, पारसमणि आचार्य र टिकाराम बास्तोला चयन भएका छन् ।
पर्यटन कार्यालयका प्रमुख छविलाल खतिवडाले अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा पर्यटन कार्यालय अधिकृत निरज कट्टेल, पत्रकार महासंघका उपाध्यक्ष सुब्रत न्यौपाने, नाट्टाका कोशी प्रदेश महासचिव नवीन खरेल, पर्यटन मञ्च झापाका अध्यक्ष उदय श्रेष्ठ, बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी लगायत सञ्चारकर्मी, पर्यटन व्यवसायीको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार