एम्नेष्टी इन्टरनेसनल समुह ५८ मा दोहोरिए धमला
बिर्तामोड । एम्नेष्टी इन्टरनेसनल समुह ५८ बिर्तामोडको संयोजकमा टिकाराम धमला (रन्जन) चयन भएका छन् । आज सम्पन्न संस्थाको २१औ बार्षिक साधारणसभाबाट धमला संयोजकमा पुन: चयन भएका हुन् ।
सहसंयोजकमा सपना डाँगी चयन भएकिछन् भने सचिवमा विकास कोइराला, सहसचिवमा तेजमणि प्रसाईं र कोषाध्यक्षमा बालकुमारी रसाइली चयन भएकिछन् ।
सदस्यहरुमा एलिस तिवारी, सनी गोयल, प्रभा कार्की र विमल राजवंशी चयन भएका छन् ।
अधिवेशनले सपना डाँगी र सुरेन्द्र गिरीलाई क्षेत्रीय प्रतिनिधि छनोट गरेको संयोजक धमलाले जानकारी दिए ।
कार्यक्रममा मानव अधिकार रक्षक परिषद कोशी प्रदेश सचिव दीपक दासले मानव अधिकार शिक्षा आजको आवश्यकता विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने मानव अधिकारकर्मी चेतामणी खनालले कार्यपत्र उपर टिप्पणी गरेका थिए ।
संयोजक धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समुह ५८ का पूर्व संयोजक सुरेश कुमार अग्रवाल प्रमुख अतिथि रहेका थिए भने देवीभक्त श्रेष्ठ, मनाव अधिकार संजाल झापाका सह सचिव कुमार चुडाल र झापा बार एसोसिएशन कार्यसमिति सदस्य एवं अधिवक्ता नरेश खातीले शुभकामना मन्तव्य राखेका थिए ।
तेजमणि प्रसाईंले स्वागत गरेको कार्यक्रम विकास कोइरालाले संचालन गरेका थिए ।