२०८३ असार १२ गते , शुक्रबार

पूर्वबाट नेपाल छिर्यो मनसुन

sajilo news
परिवेश मिडिया
२०८३ असार ६ गते , शनिबार
पूर्वबाट नेपाल छिर्यो मनसुन

झापा हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको अन्य भूभागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

हाल कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली पहाडी भूभागमा साधरणतया बादल लागेको अन्य तराई भूभागमा मुख्यतया सफा रहेको कोशी, बागमती गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको

आज दिउँसो देशका हिमाली पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा पनि साधरणतया बादल लाग्नेछ मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ कोशी प्रदेशका हिमाली पहाडी भूभागका केही स्थानहरूमा तथा बागमती गण्डकी प्रदेशका हिमाली पहाडी भूभागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

कोशी प्रदेशका तराई भूभागका केहि स्थानमा तथा मधेस प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि  तातो दिन हुने सम्भावना

आज राति कोशी, बागमती गण्डकी प्रदेशका हिमाली पहाडी भूभाग  साथै कोशी प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्नेछ मधेस प्रदेश अन्य हिमाली पहाडी भूभागमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ

सम्बन्धित समाचार