२०८३ श्रावण ३१ गते , आईतबार

केशव ओझाको नेतृत्वमा राप्रपा झापाको समिति चयन

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १४ गते , शनिबार
केशव ओझाको नेतृत्वमा राप्रपा झापाको समिति चयन

बिर्तामोड राष्ट्रिय प्रजातन्त्र पार्टी झापाको अध्यक्षमा पुनः केशवप्रसाद ओझा चयन भएका छन् शनिबार सम्पन्न जिल्ला अधिवेशनले ओझालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो

यसअघि नै शुरु गरिएको निर्वाचन कार्यक्रममा अध्यक्षमा ओझाबाहेक अरु कसैले पनि मनोनयन दर्ता नगरेकाले उनी अध्यक्षमा सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजनक टंक कटवालले जानकारी दिए

ओझाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला समिति चयन गरिएको अध्यक्ष ओझाको नेतृत्वमा निमसरी राजवंश, विष्णु गिरी, दिपेश राई, टीकाराम (चक्र) फूयाल, राजकुमार योङ्या, लक्ष्मी देवी मैनाली, अस्मिता खरेल, सूर्य खतिवडा, सीता लम्साल, युवराज लुइटेल, प्रकाश वस्नेत, सेलिना राई , विष्णु पौडेल सदस्य रहेका छन्

यसैगरी टिकाराम बराल, वावुराम पराजुली, शिववहादुर कटुवाल, नम्दलाल राजवंशी, इन्दिरा रिजाल, छविलाल लम्साल, शंकर प्रसाद रिजाल, रामकुमार लिंखिम, कुल वाहदुर(कुमार) थापा, प्रविण रिाजाल, संगीता रौनियार, पशुपति पोखरेल, खेम कार्की, सत्यनारायण यादव, शारदा वुढाथोकी, हर्क तामाङ, प्रेम फुयाल, गंगादेवी दुलाल, चित्रा श्रेष्ठ, देवीवहादुर थापा, खगेन्द्र पाण्डे, भीम वहादुर वस्नेत, वालिका रायमाझी, कृष्ण माया थापा, राम न्यौपाने रहेका छन्

निर्वाचित भएकाहरुलाई पार्टी अध्यक्ष ले प्रमाणपत्र प्रदान गरेका थिए

दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका ओझा यसअघि दुईपटक जिल्ला सचिव भइसकेका छन् राप्रपाको विधानमा कुनै पनि पदमा दुई कार्यकाल रहन पाउने व्यवस्था गरिएको

पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले अधिवेशन उद्घाटन गरेका थिए कार्यक्रममा पार्टीका कोशी प्रदेश अध्यक्ष राम थापा, केन्द्रीय प्रवक्ता एवं राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतका नेताहरुको उपस्थिति रहेको थियो

सम्बन्धित समाचार