२०८३ असार १४ गते , आईतबार
पैनीमा डुबेर मेचीनगरमा एक जनाको मृत्यु
बिर्तामोड । झापाको मेचीनगरमा पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
बुधबार साँझ ८:३५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.५ सिताराम टोल बस्ने शुक बहादुर सुब्बाको छोरा बर्ष ३७ को उत्तम सुब्बा घर देखि ३०० मिटर दक्षिणमा रहेको पैनीमा डुबि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।