२०८३ असार १४ गते , आईतबार

बिर्तामोडको विकासबारे सञ्चारकर्मीको जिज्ञासामा जनप्रतिनिधीको जवाफ

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ४ गते , आईतबार
बिर्तामोडको विकासबारे सञ्चारकर्मीको जिज्ञासामा जनप्रतिनिधीको जवाफ

बिर्तामोड बिर्तामोडको विकासमा सञ्चारको भूमिका बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको आइतबार प्रेस सेन्टर नेपाल झापाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो

बिर्तामोड नगरको विकासमा सञ्चारकर्मीको जिज्ञासा तथा सुझाव जनप्रतिनिधीको अपेक्षा लिनदिने आगामी दिनमा ती सुझावका आधारमा योजना निर्माणमा सहयोग पुगोस भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको प्रेस सेन्टर झापाका उपाध्यक्ष होमप्रकाश अधिकारीले जानकारी दिए

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपेन्द्र (दिपिन) राई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष भीमा शिवाकोटी, सञ्चारिका समुह झापाकी अध्यक्ष लीला अनमोल, फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशी, पत्रकार गणेशमान मुखिया, इन्द्रजीत मुखिया, इन्द्रसिंह राजवंशी, पुष्प बराल, बिनोद पाण्डेलगायतले नगरको विकास सम्बन्धि आफ्नो जिज्ञासा सुझाव राखेका थिए

कार्यक्रममा बिर्तामोड का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड का वडासदस्य उमेश राउत लगायतले आफ्ना भनाई राखेका थिए

कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाई विशिष्ट अतिथी उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिएका थिए कार्यक्रममा सम्बोधनका क्रममा उनीहरुले बिर्तामोडले थुप्रै संख्यात्मक गुणात्मक विकास गरेको बताए बिर्तामोडको विकासमा सञ्चारकर्मीहरुबाट सुझाव भएका कामहरुको प्रचारको अपेक्षा गरेको उनीहरुले बताए

कार्यक्रमकै बिच प्रेस सेन्टर नेपालको पाँचौँ अधिवेशनबाट केन्द्रिय सचिवमा झापाबाट निर्वाचित दिपेन्द्र (दिपिन) राई सदस्य राजु पाठकलाई सम्मान गरिएको थियो

प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रम सचिव प्रकाश उप्रेतीले सञ्चालन गरेका थिए

सम्बन्धित समाचार